काठमाडौं - नेकपा एमालेलाई मीनबहादुर गुरुङले दान दिएको जग्गामा केन्द्रीय कार्यालय भवन बनाउने बाटो खुलेको छ। सर्वोच्च अदालतले आज एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनीका गुरुङले दान गरेको जग्गा सम्बन्धि विवाद टुंग्याउँदै भवन बनाउने बाटो खुला गराएको हो।
सर्वोच्चका न्यायाधीशदय अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेको छ। यसअघि पटक पटक पेशी चढेर पनि सुनवाइ स्थगित भइरहेको बेला आज भने सर्वोच्चले रिट खारेज गरेर भवन निर्माण गर्न बाटो खुला गरिदिएको हो।
व्यवसायी गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए। सो रिटमा यसअघि भवन निर्माण प्रक्रिया तत्काल रोक्न अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।
प्रतिक्रिया