साँझमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने

मंगलबार, ०२ पुस २०८१, १२ : २०

काठमाडौं - ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने भएको छ ।

हिउँद याम सुरुसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नु पर्ने अवस्था आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ  । 

प्राधिकरणमा अनुसार यस वर्ष  सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँद यामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको छ । 

पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नु पर्ने अवस्था नरहेको प्राधिकरणले बताएको छ ।

 

मंगलबार, ०२ पुस २०८१, १२ : २०

प्रतिक्रिया