काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराएको हो ।
जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै २०८१ पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो ।
चार दिनको म्याद पुस ५ गते शुक्रबार नै सकिए पनि पुस ६ गते शनिबार सार्वजनिक बिदा भएकाले पुस ७ गते आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गरिएको हो ।
कानून बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा भएकाले आजै मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया