काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । उनीविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता भएसँग सांसद पद निलम्बन हुने भएको हो ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले संसद् सचिवालयलाई जानकारी सहित पत्र पठाउन लागिएको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिएकी छिन् ।
प्रतिक्रिया