दोर्दी खोला जलविद्युतको सीईओमा पुडासैनी नियुक्त

मंगलबार, ०९ पुस २०८१, १२ : ०१

काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उमेश पुडासैनी नियुक्त भएका छन् ।

पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।कम्पनीले नेप्सेमार्फत उपलब्ध गराएको सूचनाका आधारमा पुडासैनीलाई पुस ८ गतेदेखि नै लागू हुने गरी सीईओमा नियुक्त गरिएको हो । 

मंगलबार, ०९ पुस २०८१, १२ : ०१

प्रतिक्रिया