फेसबुकबाट सम्बन्ध गास्नेका व्यथाहरु

बुधबार, १० पुस २०८१, १४ : ३०

आज भन्दा करिब दुई महिना अगाडी एउटी बहिनी मेरो घरमा आएर भनिन् “दिदी मलाई एउटा साधारण किसिमको समस्या आइरहेको छ । मैले सोधे के हो र ? मेरो फेस बुकमा एउटा मान्छेले करिब ४ बर्ष अगाडी फे्रन्ड रिक्वेष्ट पठाको रहेछ । जान अन्जानमा उसले मेरो फोटो र मैले उसको फोटोमा लाइक र कमेन्ट पनि गरेका रहेछौं । हुन त फेस बुक भन्ने नै फोटो राख्ने र लाइक कमेन्ट  गर्ने त हो नी, त्यति सम्म त ठिकै थियो करिबन दुई महिना अगाडी मैले त्यो किरण नाम गरेको केटाको प्रोफाइल हेरे । 

ऊ मलाई पनि राम्रो लाग्यो । अनुहार हेर्दा सारै राम्रो लाग्यो । अनि उसले मलाई दुई साल अगाडी नै हाई भनि  म्यासेन्जरमा मेसेज पनि गरेको रहेछ । मलाई – लाग्यो त्यो बेलामा मैले किन मेसेजको रिप्लाई गरिन भन्ने  लागी नै रह्यो । अनि मैले तपाईको बसाइ कता हो, के हो ? भनि कुरा गर्दै जाँदा त उ मेरो घर नजिकैको व्यक्ति पो रहेछ । तर आजसम्म पनि मैले भने नचिनेको व्यक्ति रहेछ । 

कुराकानी गर्दै जाँदा किरण सारै व्यस्त व्यक्ति रहेछ । दिनमा ऊ सँग कुरा गर्न नै मुस्किल । किरणको बहिनी पनि एउटा विदेशी एजेन्सीको काम घरमै बसेर गर्ने रहिछन । रातको ११ बजेतिर उसको खाना खाने समय र किरण पनि आफ्नो दिनको काम सकेर घर फर्किने समय एउटै जस्तो मिल्ने रहेछ ।  आराम गर्ने समयमा कुरा गर्दा गर्दै एकअर्काको आत्मिय मित्र समेत उनिहरु बन्न पुगेछन् ।

स्मरणका पाना पल्टाउदै ति बहिनीले भन्न थालिन् – उ संग कुरा नगरि खाना खान मन नै नलाग्ने । उ पनि दिउसोको थकाइले गर्दा निदाएर नै घुर्दा घुर्दै म आफैले फोन पनि काटि दिन्थे । फोन काट्दैमा के भयो त ? एक दिनको कुरै कुरामा उसले मलाई भेट्नलाई प्रस्ताब गर्यो मलाई चाहिँ  छोरा मान्छेसंग भेट्नलाई डर लाग्थ्यो । एक दिन किरणले मलाई भेट्न बोलायो । कुराकानी बाट थाह भयो – किरण घरको कान्छो छोरा रहेछ , बुबा नभएको र आमाको पनि उमेर बढि भइसकेको भन्ने कुरा म्यासेन्जरमा नै थाह भएको थियो । 


पहिलो भेटमा म उसैको कार्यालयमा गए ति बहिनीले भन्दैं गइन् – मलाई उसले सारै राम्रो वातावरण निर्माण गरिदियो । मलाई लाग्यो छोरा मान्छेलाई भेट्दा किन डर लागेको होला भन्ने प्रश्न मनमा आइरह्थ्यो । किरण त कस्तो राम्रो मान्छे भन्ने भान मनमा परिरह्यो । ति बहिनीले जीन्दगीलाई राम्रो बनाउन गरेका कुरा सुनाउदै गइन् । 

एउटा अविवाहित छोरि मान्छेको मनमा किरण “कृष्ण” जसरी मनमा बस्न सफल भयो । अनि के भयो त ? मेसेन्जरमा कुरा निरन्तर नै भइरहन्थ्यो । उ मलाई सोझोे लाग्थ्यो । त्यस्तो व्यस्त व्यक्ति पनि मलाई समय निकालेर फोन, कल, म्यासेज गर्दा अर्को आनन्द पनि आउथ्यो । 

बेला बखत फेरि उसले भेट्नलाई मलाई प्रस्ताव राखिनै राख्थ्यो । ति बहिनीले भनिन् “ दिदी मेरो पनि मन त हो । म पनि बेला बेला समय मिलाएर गइनै रहन्थ्ये । जब एक दिन म उसको कार्यालयमा गए । उसको अभिभावक दिदी पनि आउनु भएको रहेछ । उसले मलाई दिदी सामु ऊ मेरो साथी भनेर चिनायो । उसले किन मेरो साथी भनेर चिनायो ? म त छक्क परे ।

विगतका कुराहरु भन्दै ति बहिनीले अरु थप कुरा अगाडी सारिन । दिदीका अगाडी उसले मलाई मन पराउछु भनेको भए पो राम्रो हुन्थ्यो ! तर उसले ति कुरा भन्न नसक्लुको अर्कै अर्थ पो रहेछ ।  दिदीका सामुुन्य म क्षेत्री थरको केटी भएको हुनाले पो उसल भन्न नसकेको रहेछ । 

अहिलेको दुनियामा पनी उसले होचो निचो देखाउदै भन्यो ‐ म बाहुनको छोरो तिमी क्षेत्रीनी परेउ त्यसले गर्दा अब हाम्रो सम्बन्ध गास्न नकिने भइयो । 

फेसबुकको माध्यमबाट चिनिएको सम्बन्ध त्यस्तो होला भन्ने मैले ठानेको थिइन् । सामाजिक सञ्जालमा भर परेर जीवनमा केटा साथि खोज्नु मेरा लागी सारै दुखको कुरो भइरहेको छ । आफ्ना मनका दुख फुकाउदै ति बहिनीले भनिन् ‐ फेसबुकबाट चिनजान गरेर मायमा फस्नु भनेको आफ्नौ शरिरमा आगो लगाउनु जस्तै रहेछ । फेसबुकका माय प्रेमले आफुलाई मात्र होइन होला अरुलाई पनि आफ्नै मुटु छिया‐छिया पारेको जस्तो लाग्छ । 

ति बहिनी भन्दै अगाडी बढिन् ‐ आज दुनिया भर मेरी कृष्मष मनाइदै छ । यहि सेरोफेरोमा भोलि म देश बाहिर जाँदै छु । एक महिनाको बिचमा म बाहिर हुदाँ फेसबुकले चिनाएको किरणलाई के होला ? आज पनि मेरो मनमा यि कुरा खेलिरहन्छ । मलाई उसले माया जालमा राखेर चार पाँच ओटा केटी विवाहका लागी प्रस्ताव आएको उसले मेसेन्जरमा देखाउथ्यो । म बाहिर गएका अवसरमा उसले विवाह गर्यो भने मैले विवाह भोज समेत खान नपाउने भइयो भन्दै ति बहिनीले दुखेसो पोख्दा हाम्रो समाज र संस्कृतिलाई सामाजिक सञ्जालले कसरी भत्काइ रहेको छ भन्ने सजिलै आकलन गर्न सकिन्छ । 


सामाजिक सञ्जालका भरमा एक्कासी माया पे्रम गास्ने कानिले जीवनलाई नै भताभुङ्ग पारि दिन्छ । समाज भित्रको पुरानो चलन, अन्ध विश्वास ठुलो सानो जस्ता अन्तर विरोधहरुले पनि हाम्रो समाजमा माया प्रेममा लाग्नेहरुलाई धेरै कुराको ज्ञान दिन जरुरी छ । 

मनका पिडा सुनाउने ति बहिनीका जस्तै समस्या सामाजिक सञ्जालमा आज खोज्ने हो भने हजारौ भेटिन्छन् । जीवनमा घुम्ति र मोडहरु पार गर्दै अगि बढ्नेहरुलाई फेसबुकले जोडेका र जीवनलाई बियोगान्त बनाएका कुराहरुले सबैलाई शिक्षा प्रदान गर्दछ । माया जालको भुमरि फेसबुकबाट गाँसेर जीवनलाई दुखित बनाउने ति बहिनीको कुराकानीले अहिलेका केटाकेटीहरुलाई राम्रो सन्देश दिन्छन् ।
 

बुधबार, १० पुस २०८१, १४ : ३०

प्रतिक्रिया