ताजा समाचार

एमाले नेता रावल पार्टी सदस्यबाटै निष्कासित, पाण्डे र तिम्सिनालाई ६ महिना निलम्बन

बुधबार, १० पुस २०८१, १९ : १५

काठमाडौं- नेकपा(एमाले)का पूर्वउपाधयक्ष डा.भीम रावल पार्टी सदस्यबाटै निष्कासित भएका छन् । आज बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाट हटाउने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलेले जानकारी दिए । उनका अनुसार रावलले निरन्तर पार्टी हित विपरीतका अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो ।

साथै, आजको सचिवालय बैठकले पार्टी स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषकिरण तिम्सिनालाई पनि ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेको छ । एमालेले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा लिएपछि उनीहरुले विरोध जनाएका थिए । रावल भने दशौं महाधिवेशनमा अध्यक्ष केपी ओलीविरुद्ध उम्मेदवारी दिएर पराजित भएपछि नेतृत्वको आलोचना गर्दै आएका थिए ।

बुधबार, १० पुस २०८१, १९ : १५

प्रतिक्रिया