काठमाडौं - नेपाली उद्यम र उत्पादनलाई बढावा दिने उद्देश्यले ललितपुरको सातदोबाटोमा वृहत प्रदर्शनी तथा व्यापार मेला–२०८१ आयोजना गरिएको छ । नेपाल सरकारका उद्योगमन्त्री दामोदर भण्डारीबाट उद्घाटन हुने सो मेला भोलि पुस १३ गतेदेखि पुस २२ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
‘उद्यमी घर’ मा पाइने सम्पूर्ण वस्तु तथा सेवाहरु नेपाली उत्पादनहरु रहेको आयोजकले बताएको छ ।
प्रतिक्रिया