काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतमा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाको शपथ लिएका हुन् ।
प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई कार्यकाल सफलताको कामना गरे। सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारी लगायत उपस्थित थियो ।
प्रतिक्रिया