राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

आइतबार, १४ पुस २०८१, १३ : २७

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् । संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा जारी गरेका हुन् ।

अध्यादेशले सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसले सहकारी संस्थाहरुको दुरुपयोग रोक्ने, आर्थिक पारदर्शिता बढाउने, र साधारण जनतालाई सहकारी सेवाबाट फाइदा उठाउन अझ सहज बनाउने लक्ष्य राखेको हुनसक्छ ।

गत मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सहकारी क्षेत्रमा देखिएका केही महत्वपूर्ण मुद्दा र चुनौतीलाई सम्बोधन गर्न अध्यादेश आवश्यक रहेको भन्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

आइतबार, १४ पुस २०८१, १३ : २७

प्रतिक्रिया