कैलालीका चार दर्जन एमाले कार्यकर्ताले पार्टी छाडे (नामावलीसहित)

सोमबार, २२ पुस २०८१, १७ : ०६

काठमाडौं- कैलालीका एमालेमा रहेका करिब चार दर्जन पूर्वमाओवादी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । 

उनीहरूले एमाले भएर बस्दा पूर्वमाओवादी भनेर सधै अपहेलित हुनुपर्ने आरोप लगाउँदै पुस ११ गते अत्तरिया नगर अध्यक्षलाई राजीनामा बुझाएका हुन् । 

‘एमाले भएर बस्दा पनि हामीले पटक–पटक अपमानित हुनुपर्ने राजनीतिको रूपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्व के विरुद्ध तलै सम्म गुटबन्दी गर्ने परम्परा भित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो’, संयुक्त राजीनामा पत्रमा भनिएको छ ।

7026cdf4-da4b-4f2e-bfdc-f1f4f183c700

297cdef5-8385-4dc4-91cb-879317ef04b8

सोमबार, २२ पुस २०८१, १७ : ०६

प्रतिक्रिया