मोरङ- नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको दुईदिने प्रथम अधिवेशन आजदेखि सुरु भएको छ । विराटनगरमा सुरु भएको अधिवेशन नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उद्घाटन गरे ।
उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सात बुँदे सम्झौतामा संविधान संशोधन गर्ने उल्लेख भएको बताए ।
सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले मुलुकमा सुशासन कायम गर्न, विकासलाई स्थायित्व दिन र पार्टीलाई एकताबद्ध गर्न सेनानीले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।
संघका प्रदेश अध्यक्ष मोहनलाल महतो, नेपाली कांग्रेस महानगर सभापति दीपक चापागाईँ, रामदयाल यादव, ललित श्रेष्ठ र मीता आचार्यलगायतले लोकतन्त्र ल्याउन सेनानीको महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले उनीहरूलाई पार्टीमा सम्मानजनक स्थान दिन सुझाव दिए ।
प्रतिक्रिया