काठमाडौं- मट्टितेल, डिजेल र पेट्रोलको मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मट्टितेल र डिजेलमा ३ रुपैयाँ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाएको हो ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २।२४ र डिजेलमा ३।५५ ले बढेर आएको छ । भारतबाट मूल्य बढेर आएपछि आज रातिदेखि लागू हुनेगरी नेपालमा प्रतिलिटर पेट्रोलमा २ र डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाइएको निगमले जनाएको छ ।
अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२।५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३।५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।
प्रतिक्रिया