भिजन लुम्बिनी उर्जा कम्पनीको नयाँ सञ्चालक समिति चयन

आइतबार, ०६ माघ २०८१, १३ : ०२

काठमाडौं -भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको पांचौ तथा छैटौं वार्षिक साधारण सभा मिति २०६१ मंसिर २७ गते सम्पन्न भएको छ। सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ। सभाबाट सुदिप सिंह अधिकारी, जगत बहादुर पोखरेल, बम बहादुर गुरुङ, बासुदेव भण्डारी, नेहा अग्रवाल र श्री राजेन्द्र अधिकारी सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित सञ्चालकहरूको बैठक मिति २०६१ माघ ५ गते बिहान ८ः०० बजे सम्पन्न भएको थियो। उक्त बैठकले श्री सुदिप सिंह अधिकारीलाई सञ्चालक अध्यक्षमा चयन गरेको छ।

त्यस्तै, सोही दिन अपराह्न ५:०० बजे बसेको अर्को सञ्चालक समितिको बैठकले श्री जगत बहादुर पोखरेललाई कम्पनीको प्रबन्ध सञ्चालकमा नियुक्त गरेको छ।

आइतबार, ०६ माघ २०८१, १३ : ०२

प्रतिक्रिया