संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय

सोमबार, ०७ माघ २०८१, १८ : १४

काठमाडौं-  सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । 

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

सोमबार, ०७ माघ २०८१, १८ : १४

प्रतिक्रिया