काठमाडौं- नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को शनिबार सम्पन्न निर्वाचनको मतगणना अनिश्चित सयमका लागि स्थगित भएको छ । आइतबार विशेष र विश्वविद्यालय प्रदेशले संयुक्त विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि मतगणना स्थगित गरेको हो ।
‘मिति २०८१ माघ १२ गते शनिबारका दिन सम्पन्न भएको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशका मतदान केन्द्रको निर्वाचनको मतगणना विशेष कारणवश स्थगित भई आज मिति २०८१ माघ १३ गते ११ः०० बजेदेखि सुरु गर्ने भनिएकोमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया