काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को निर्वाचनमा उपमहासचिव वर्षमान पुनको कमजोर उपस्थिति देखिएको छ । यद्यपि विवाद उत्पन्न भएर मतगणना नै अनिश्चितकालका लागि स्थगित भएको छ ।
देशभरबाट पुन पक्षधर अध्यक्षका उम्मेदवार सुदिन पौडेलले निकै कम मत ल्याएका छन् । यस निर्वाचनले अर्का उपमहासचिव जनार्दन शर्माको भने बलियो उपस्थिति देखिएको छ ।
शर्माको पक्षबाट हेमन्त राईले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष नारायण्काजी श्रेष्ठको पक्षबाट उपदेश यादवले उम्मेदवारी दिएका छन् भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षबाट विजयप्रकाश सापकोटाले उम्मेदवारी दिएका छन् ।
उपमहासचिव पुन पक्षका पौडेलको सबैभन्दा कमजोर अवस्था मधेशमा देखिएको छ । उनले त्यहाँ जम्मा १ मत मात्रै पाएका छन् । मधेशमा अध्यक्षका अन्य उम्मेदवारहरू श्रेष्ठ पक्षका यादवले ६५, शर्मा समूहका राईले ४१ तथा प्रचण्ड निकट सापकोटाले ४० मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया