माओवादी स्थायी समिति सदस्य विशंखेले गरिन् प्रचण्डलाई भेट्न नसकेको गुनासो

सोमबार, १४ माघ २०८१, १५ : ३५

काठमाडौं- नेकपा(माओवादी केन्द्र)की स्थायी समिति सदस्य अञ्जना विशंखेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नसकेको गुनासो गरेकी छिन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष प्रचण्डलाई भेट्न नपाएको गुनासो गर्दै कसैलाई भेट गर्ने उपायको बारेमा जानकारी भए सुझाउन समेत आग्रह गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘कमरेड प्रचण्डलाई कसरी भेट्न सकिएला लौन उपाय सुझाइदिनुस् कसैले ।’ 

पार्टीको स्थायी समिति सदस्य रहेकी नेतृ विशंखेले प्रचण्डलाई भेटेन नसकेको गुनासो आफ्नो फेसबुकमार्फत गरेपछि यसमा अनेकौं टिप्पणी गर्न थालिएको छ । 

पार्टीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट मानिएकी विशंखेको यो अभिव्यक्तिलाई अध्यक्ष प्रचण्डलाई आफ्नै पार्टीका स्थायी समिति सदस्यले समेत भेट गर्न  पहुँच नभएको अर्थमा लिइएको छ । 

उनको यस अभिव्यक्ति पछि पार्टी स्थायी समिति सदस्यले नै भेट गर्न नपाएपछि झनै सामान्य कार्यकताको कसरी पहुँच होला? भन्दै प्रश्न उठाइएको छ ।

anjana
 

सोमबार, १४ माघ २०८१, १५ : ३५

प्रतिक्रिया