काठमाडौं - लक्ष्मी सन्राईज बैंक लि को अगुवाईमा सह वित्तियकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रो लि. बिच सो कम्पनीले ताप्लेजुङ जिल्ला स्थित घुन्सा नदीमा निर्माण गर्ने ७७.५ मे.वा. क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।
सो आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्मी सनराइज बैंकको विश्वास छ । घुन्सा खोला जलविद्युत आयोजनाले साउन ८, २०७९ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र प्राप्त गरेको थियो । साथै बैशाख २१, २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।
सो कम्पनीको मुख्य प्रवर्द्धकको रूपमा नेपाल विद्युत् प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र विद्युत् उत्पादन कम्पनी लिमिटेडको संयुतm लगानी ५१ प्रतिशत हुनेछ ।
सो परियोजना निर्माणको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवर्द्धकहरूको लगानी रहने छ ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ५ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तिय संस्थाहरू मध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि.को ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ ।
सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भए पश्चात वार्षिक करिब ४६२।२८ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम – नेपालको पानी जनताको लगानी जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
असार २९, २०८० सालबाट लक्ष्मी बैंक (स्था. इ.स. २००२) र सनराइज बैंक (स्था. इ.स. २००७० एक आपसमा मर्ज भई लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट ‘क’ वर्गको वाणिज्य बैंकको रूपमा स्थापित भई आफ्ना ग्राहकहरूलाई गुणस्तरीय तथा भरपर्दो सेवा सुविधा प्रदान गर्दै आई रहेको छ ।
हालसम्म लक्ष्मी सनराइज बैंकको २५४ वटा शाखा कार्यालय, ३२७ वटा ए.टी.एम मेशिन, २७ वटा विस्तारित काउन्टर, १२८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ५००० विप्रेषण एजेन्ट लगायत सूचना प्रविधिको क्षेत्रमा समर्पित भई आफ्ना ग्राहक वर्गलाई विस्तृत तथा निरन्तर रूपमा सेवा सुविधा प्रदान गरिरहेको छ ।
बैंकको गत आर्थिक वर्ष २०८०\८१ मा कुल वासलात ३९५ अर्ब रहेकोमा ३३३ अर्ब निक्षेप तथा २५८ अर्ब कर्जा लगानी रहनुका साथै बैंकको सम्पूर्ण वित्तीय सूचकहरू सकारात्मक रहेका छन् ।
प्रतिक्रिया