जोशी हाइड्रोपावरको वार्षिक साधारण सभा मंगलबार, लाभांश प्रस्तावबिना सेयरधनीको हात खाली

मंगलबार, १५ माघ २०८१, १० : ४१

काठमाडाैं- जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नवौं र दशौं वार्षिक साधारण सभा मंगलबार काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाईटमा बिहान १० बजे सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का नाफा-नोक्सान सम्बन्धी छलफल हुनेछ। यस्तै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, साथै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा तय गरिएको छ।

तर, यो साधारण सभामा लाभांश प्रस्ताव पेश नगरिएका कारण सेयरधनीहरूले यो पटक पनि कुनै लाभांश प्राप्त गर्ने छैनन्। कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार माघ २ गतेसम्म कायम सेयरधनीहरूले सभामा भाग लिन पाउनेछन्।

लाभांशसम्बन्धी प्रस्ताव नआउँदा सेयरधनीहरूमा निराशा छाए पनि कम्पनीले आर्थिक विवरण र भविष्यका योजनाबारे स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।

मंगलबार, १५ माघ २०८१, १० : ४१

प्रतिक्रिया