काठमाडौं-अखिल क्रान्तिकारीका तीन जना अध्यक्षका उम्मेदवारले मतदान भएको क्याम्पस वाल्मीकि क्याम्पसमा नै मतगणना गर्नुपर्न माग राखेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष उम्मेदवार हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले सो माग राखेका हुन् ।
उनीहरूले रेजाका लागि निर्वाचन समितिले व्यवस्था गरेको ‘रातो मसी कलम’ द्वारा रेजा लगाइएको मत मात्र गणना गरिनुपर्ने माग समेत गरेका छन् । उनीहरूले व्यवस्था गरिएको रातो कलम बाहेक कुनै पनि मसीले रेजा लगाइएका मत बदर गर्न समेत अनुरोध गरेका छन् । राई, यादव र पौडेलको यो अडानले अध्यक्षका अर्का उम्मेदवार विजय सापकोटा पक्षको निर्णयलाई असहमति जनाएका हुन् ।
प्रतिक्रिया