अखिल(क्रान्तिकारी)को मतगणना पेरिसडाँडामा सुरु हुँदै

मंगलबार, १५ माघ २०८१, २० : ०३

काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को रोकिएको मतगणना सुरु हुन लागेको छ । मंगलबार बेलुकादेखि पार्टी कार्यालय पेरिसडाँडामा मतगणना सुरु गर्न लागिएको निर्वाचन समितिले जनाएको छ ।

शनिबार सम्पन्न निर्वाचनको विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेश समितिको मतगणनाको क्रममा विवाद हुँदा आइतबारदेखि अनिश्चितकालका लागि स्थगित गरिएको थियो । 

मंगलबार, १५ माघ २०८१, २० : ०३

प्रतिक्रिया