काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को कोषाध्यक्ष र सचिव पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
आइतबारदेखि उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको स्थगित भएको मतगणना मंगलबार बेलुकाबाट पुनः सुचारु भएको थियो । बुधबार निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार कोषाध्यक्षमा फूलमाया रानामगर निर्वाचित भएकी छिन् ।
मगरले ५९६ मत ल्याएर कोषाध्यक्षमा विजयी भएकी हुन् । यस्तै खुला सचिवमा प्रेम जैशी ५११, वीरेन्द्र जिसी ३९२, शिशिर बस्याल ३७२ र सम्झना राई ५४५ मत ल्याएर विजयी भएका छन् । यसैगरी छात्रातर्फ तिर्सना आलेमगर ४९८, समकृति पुन ५२९ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया