अखिल(क्रान्तिकारी)को अध्यक्षमा सापकोटा विजयी

बुधबार, १६ माघ २०८१, १९ : ३९

काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को अध्यक्षमा विजयप्रकाश शर्मा सापकोटा विजयी भएका छन् । बुधबार सार्वजनिक मतपरिणाम अनुसार सापकोटा ७१ मतान्तरले विजयी भएका हुन् । 

उनले ६८६ मत ल्याएर विजयी भने उनका निकटतम प्रतिस्पर्धी हेमन्त राईले ६१५ मत ल्याएका छन् । यस्तै अर्का प्रतिस्पर्धी उपदेश कुमार यादवले ३१० मत प्राप्त गरे भने सुदिन पौडेलले १९२ मत ल्याएका छन् ।

अखिल(क्रान्तिकारी)को अध्यक्षका चार जना प्रत्याशीमध्ये विजयी भएका सापकोटा प्रचण्ड पक्षका हुन् भने अर्का निकटतम प्रतिस्पर्धी राई उपमहासचिव जनार्दन शर्मा पक्षीय उम्मेदवार हुन् । यस्तै पौडेल अर्का उपमहासचिव वर्षमान पुन पक्षका र उपदेश यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षधर उम्मेदवार हुन् ।

बुधबार, १६ माघ २०८१, १९ : ३९

प्रतिक्रिया