आज काठमाडौंका यी स्थानमा ५ घण्टा लाइन काटिने

विहीबार, १७ माघ २०८१, १२ : ३२

काठमाडौं - काठमाडौंका विभिन्न स्थानमा आज पाँच घण्टा बिजुली काटिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु सब डिसीको सतुगंल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुङल चोकमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बत्ती जानेछ । फिडर सटडाउनमा राखी काम गर्नुपर्ने भएकोले सतुगंल फिडर अन्तर्गत वितरित स्थानहरूमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

यस्तै, काठमाडौंबाहिर स्याङ्जा र सिराहमा पनि बत्ती काटिँदै छ । स्याङ्जा वितरण केन्द्रको सेतीदोभान फिडर अन्तर्गत पर्ने पुतलीबजार ४ र १४ नम्बर वडा तथा फेँदीखोला गाउँपालिका क्षेत्रमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ८ घण्टा बिजुली काटिनेछ । यस्तै आँधिखोला फिडरअन्तर्गत आँधिखोला गाउँपालिका क्षेत्रमा पनि १० बजेदेखि ६ बजेसम्म नै लाइन काटिने प्राधिकरणले जनाएको छ ।

यसैगरी सिराह वितरण केन्द्रअन्तर्गत विष्णुपुर गाउँपालिकाका विभिन्न स्थानमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ६ घण्टाका लागि लाइन काटिएको छ ।

विहीबार, १७ माघ २०८१, १२ : ३२

प्रतिक्रिया