रवि लामिछानेले गरे निलम्बन फुकुवाको माग

शुक्रबार, १८ माघ २०८१, १२ : ४७

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले अदालतबाट धरौटीमा छुटेको भन्दै सांसद पद निलम्बन फुकुवाको माग गरेका छन् ।

शुक्रबार संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि संसद सचिवालयमा सभामुख देवराज घिमिरेलाई संसद पद निलम्बन फुकुवाको माग गर्दै निवेदन बुझाएका हुन् ।

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले धरौटीमा छाडेको थियो ।

शुक्रबार, १८ माघ २०८१, १२ : ४७

प्रतिक्रिया