मर्स्याङदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंकले १० अर्ब रुपैयाँ लगानी लगानी गर्ने

शुक्रबार, १८ माघ २०८१, १६ : ३८

काठमाडौं - मर्स्याङदी नदीमा निर्माण हुने ९० मेगावाटको अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ प्रमुख बैंक र वित्तीय संस्थाहरूले १० अर्ब ५० करोड रुपैयाँको लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। 

कुमारी बैंकको अगुवाईमा प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकको संयुक्त लगानीमा आयोजना निर्माण हुनेछ। सम्झौतामा कुमारी बैंकले ४ अर्ब, प्रभु बैंकले ३ अर्ब, सिद्धार्थ बैंकले २ अर्ब र कृषि विकास बैंकले १ अर्ब ५ करोड रुपैयाँ लगानी गर्नेछन्। निर्माण अवधिमा कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ, जसको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानीबाट जुटाइने छ।

डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पूर्व आवश्यक अध्ययन अगाडी बढाएको कम्पनीका अध्यक्ष अनुप आचार्यले बताए । यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलविद्युत आयोजना २२ मेगवाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कात्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ । 

आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८६ साल वैशाख २२ रहेको छ । आयोजना प्राविधिक परामर्शदाता क्लिन इन्ज कन्सलटेन्स प्रालि रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ । 

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागी सम्बन्धित निकायमा पेस भएको छ कम्पनीका अध्यक्षले बताए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११।६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०-१३२ केभी मा जोडिने छ ।
 

शुक्रबार, १८ माघ २०८१, १६ : ३८

प्रतिक्रिया