चिलिमे हाइड्रोपावरको नाफामा ४.७२ प्रतिशतले वृद्धि

सोमबार, २१ माघ २०८१, १३ : ३५

काठमाडौं - चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले पुस महिनासम्मको अवधिमा विद्युत् बिक्रीबाट ६४ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ६१ करोड २० लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा २.०१ प्रतिशत बढेर ३८ करोड २८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ५.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.९७ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने ९ रुपैयाँ ४० पैसाबाट घटेर ८ रुपैयाँ ७२ पैसामा सीमित रहेको छ । यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५७.५ गुणा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ७८ करोड २३ लाख रुपैयाँ छ।
 

सोमबार, २१ माघ २०८१, १३ : ३५

प्रतिक्रिया