प्रचण्डको सचिवालयमा गोविन्द आचार्यको इन्ट्री, रमेश मल्ल बाहिरिए

सोमबार, २१ माघ २०८१, २० : २९

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकिय सचिवबाट रमेश मल्ल बाहिरिएका छन् । उनको ठाउँमा गोविन्द आचार्यलाई प्रमुख स्वकिय सचिवको जिम्मेवारी दिने निर्णय भएको छ ।

माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार आज बसेको पदाधिकारी बैठकले मल्ललाई पार्टीको जिममेवारीमा फर्काउने गरी आचार्यलाई प्रचण्डको सचिवालयको जिम्मेवारी दिइएको हो । यी दुबै पार्टीका केन्द्रीय सदस्य हुन् ।

उपत्यका विशेष प्रदेशको सहइन्चार्जको जिम्मेवारी पाएका मल्ललाई आगामी निर्वाचन लड्ने सुनिश्चित गराएर प्रचण्डको सचिवालयबाट बिदा गरिएको माओवादी स्रोतले जनाएको छ । सल्यान निवासी मल्ललाई कर्णाली प्रदेशसभाको टिकट दिलाउने प्रचण्डले आश्वासन दिलाएपछि त्यहाँबाट बाहिरिएका हुन् ।

पत्रकार महासंघका पूर्वअध्यक्ष रहेका आचार्य भने प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार भएका थिए।

सोमबार, २१ माघ २०८१, २० : २९

प्रतिक्रिया