अध्यादेश राष्ट्रियसभामा फेल हुन्छः वर्षमान पुन

बुधबार, २३ माघ २०८१, १४ : १७

धनगढी- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् छलेर सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा फेल हुने बताएका छन् ।  बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता पुनले यस्तो बताएका हुन् ।

‘भूमि हीनहरूलाई जग्गा दिनु, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नु ठिक हो’, पूर्व अर्थमन्त्री समेत रहेका पुनले भने,‘ तर संसद् छलेर अध्यादेश ल्याउनुको पछाडि भूमि माफिया र वन माफियाको चलखेल छ भन्ने आंशका जन्माएको छ ।’  

उनले गिरीबन्धु टी–स्टेजस्ता हदबन्दी माथिका केसलाई आफू अनुकूल लैजाने सरकारले चलखेल गरेको बताए ।  ‘अहिले गणितीय हिसाबले बहुमतजस्तो देखिए पनि सरकार कम्र्फोटेबलको स्थितिमा पनि छैन’, उनले भने, ‘राष्ट्रिय सभामा बहुमत पुग्ने स्थिति छैन । जुन कारण अध्यादेश राष्ट्रिय सभामा फेल हुने देखिन्छ ।’

बुधबार, २३ माघ २०८१, १४ : १७

प्रतिक्रिया