काठमाडौं- संसदको प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका छन् । बिहीबार संसदमा सम्बोधन गर्दे प्रचण्डले पहिलो र दोस्रो दलको सरकार निरंकुशतातर्फ उन्मुख भएको बताएका हुन् ।
‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ ।,’ प्रचण्डले भने ।
राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग हुन थालेको भन्दै उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र सङ्कुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’
प्रतिक्रिया