नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशन

बाबुरामलाई चुनौती दिँदै नेत्र चापागाईं, अरु को-को छन् उम्मेदवार ?

मंगलबार, २९ माघ २०८१, १० : ४३

काठमाडौं- नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को प्रथम महाधिवेशनले नेतृत्व चयन प्रक्रिया अघि बढाएको छ । मंगलबार भएको मनोनयन दर्तामा नेतृत्वका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा डा.बाबुराम भट्टराई र नेत्र चापागाईंको उम्मेदवारी परेको हो । आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने भन्दै नेसपा (नयाँ शक्ति)ले सबै पदमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने बताएको छ ।

मंगलबार बिहानसम्म मनोनयनको समयावधि रहेकाले उम्मेदवारी फिर्ता लिएर सर्वसम्मत बनाउने प्रक्रिया पनि चलिरहे पनि सफल हुन नसकेको एक नेताले बताए । अध्यक्षमा बाबुराम विरुद्ध उम्मेदवारी दिएका चापागाईंले उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका छन् ।

अन्य पदमा पनि नेताहरुको उम्मेदवारी परेपछि आज दिउँसो तीन बजेदेखि मतदान गर्नेगरी निर्वाचनको कार्यतालिका तय गरिएको छ ।

nayashakti

मंगलबार, २९ माघ २०८१, १० : ४३

प्रतिक्रिया