ओलीको गृहजिल्ला झापाको दमक पुगे प्रचण्ड

शनिबार, ०३ फागुन २०८१, १५ : ३१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झापामा पुगेका छन् । उनी पार्टीले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेशलाई सम्बोधन गर्न झापाको दमकमा पुगेका हुन् ।

झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो । दमकमा अहिले खबरदारीसभा जारी छ ।

त्यसअघि प्रचण्ड मकवानपुरको बागमती गाउँपालिकास्थित पार्टी कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट, बागमती गाउँपालिकाले निर्माण गरेको शहीद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन र शहीद परिवारसँग पनि भेटघाट गरेका थिए ।

आजै प्रचण्डले झापाबाट फर्केर विराटनगरमा हुने पार्टीको प्रदेश बैठकलाई सम्बोधन पनि गर्दैछन् ।

शनिबार, ०३ फागुन २०८१, १५ : ३१

प्रतिक्रिया