पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने घट्यो

शनिबार, ०३ फागुन २०८१, २० : ५२

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको हो । डिजेल तथा मट्टितेलको मूल्य भने घटेको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । नयाँ मूल्य आज (शनिबार) मध्यराति देखि लागू हुने छ ।

oil

शनिबार, ०३ फागुन २०८१, २० : ५२

प्रतिक्रिया