काठमाडौं- मातृभूमि जागरण अभियान सुरु गरेका पूर्व एमाले नेता डा भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कामहरूले उनी जनताप्रति जिम्मेवार नभएको प्रस्ट हुने जिकिर गरेका छन् । विभिन्न १५ बुँदामा ओलीले गरेका काम उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाई गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्त्वपूर्ण पद र अवसर दिने तर आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाहीको डन्डा चलाउने कार्यले पनि उनी पार्टी र जनताप्रति इमानदार नरहेको प्रस्ट हुने रावलको भनाइ छ ।
प्रधानमन्त्री ओलीविरुद्ध रावलको १५ बुँदे आरोपः


प्रतिक्रिया