माफी नै माग्नुपर्ने के गल्ती गरे नारायणकाजीले ?

मंगलबार, १३ फागुन २०८१, १३ : ४१


काठमाडौ - नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापा घटनाबारे माफी मागेका छन् । उनले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ उद्घाटनका क्रममा आफूमाथि मनोवैज्ञानिक अवरोध गरिएको बताएका छन्।  

आज मंगलबार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मे‍लनमा श्रेष्ठले बोल्न सुरुवात गर्दैगर्दा अवरोध गर्दा आफूलाई बिझाएको बताएका हुन्।  

‘म हिजो बोल्न जाँदा मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो। त्यसले मलाई बिझायो त्यो सत्य हो। त्यसपछि म बोलिनँ। त्यसलाई सामान्य घटनाकै रुपमा लिन अनुरोध गर्छु पार्टीभित्र अध्यक्षको नेतृत्वमा असाधारण एकता सुदृढ हुँदैछ,रुपान्तरणका लागि हामी लागिरहेका छौँ,’ उनले भने, ‘मैले त्यहाँ आपत्ति जनाएर बोल्न छोडेपछि शुभेच्छुकहरूले यस्तो नगरिदिएको भए हुन्थ्यो,कतिले त म्यासेज पनि पठाउनु भएको छ तपाईंले यस्तो गर्न सुहाउँदैन भनेर। त्यसमा आत्मआलोचना गर्दै म सार्वजनिक रुपमा क्षमायाचना गर्न चाहन्छु।

नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको  ‘जनतासँग माओवादी तराई(मधेस जागरण अभियान’को उद्घाटनसभामा झापामा श्रेष्ठ रिसाएका थिए। 

श्रेष्ठले मञ्चमा बोल्नेक्रममा सञ्चालक नजिकै उभिएपछि उनी झोक्किएर बोल्दै नबोली बाहिरिएका हुन्।

नजिकै उभिएका सञ्चालकलाई भनेका थिए, ‘सक्नुस् भन्न आउनुभा हो ? हो ? हो भने जान्छु,’ सञ्चालकले ‘होइन’ भन्ने जवाफ फर्काएका थिए। 

जागरण सभामा रिसाए नारायणकाजी, सञ्चालकलाई थर्काएर बाहिरिएका थिए । 
नारायणकाजी खासमा किन रिसाएका हुन भन्ने आजको अर्थको जिज्ञासामा माओवादीका एक केन्द्रीय सदस्यले भने,‘ यो उहाँको पुरानै समस्या हो । हेडक्वाटरसँगको रिस उहाँले कहाँ फेर्नुहुन्छ भन्ने थाहा नै हुँदैन । 
 

मंगलबार, १३ फागुन २०८१, १३ : ४१

प्रतिक्रिया