माओवादीको आम्दानी भन्दा खर्च धेरै : चन्दा रकम आउनै छाड्यो, विधान अधिवेशनमा १८ लाख खर्च

बुधबार, १४ फागुन २०८१, १६ : ३५

काठमाडौं- लामो समयदेखि सत्तामा रहँदै आएको नेकपा(माओवादी केन्द्र)को सार्वजनिक गरिएको आयव्यय विवरणमा आम्दानी भन्दा खर्च धेरै देखिएको छ ।

माओवादीको लेखा परीक्षण प्रतिवेदनमा गत आर्थिक वर्ष २०८०/८१ मा पार्टीले १ करोड ८६ लाख ५२ हजार आम्दानी गरेको छ भने खर्च भने २ करोड २० लाख ७९ हजार भएको छ ।

यस्तै सोही आर्थिक वर्षमा माओवादीले चन्दा बापत कुनै रकम लिएको छैन । त्यस अघि आर्थिक वर्ष२०७९ /८० मा भने माओवादीले १० हजार मात्रै चन्दा पाएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०८० /८१ मा माओवादीले जम्मा २ हजारको सम्पत्ति बिक्री गरेको छ भने त्यस अघिको आर्थिक वर्षमा सम्पत्ति बिक्री नगरेको लेखा परीक्षणमार्फत जनाइएको छ ।

माओवादीले २०८० फागुनमा पहिलो पटक सम्पन्न गरेको विधान अधिवेशनमा १८ लाख ६५ हजार खर्च गरेको छ । यस्तै सोही आर्थिक वर्षमै प्रशिक्षण तथा कार्यालय सञ्चालनमा  २० लाख खर्च भएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

maoist-center_t9WXFvCkWT

बुधबार, १४ फागुन २०८१, १६ : ३५

प्रतिक्रिया