आजदेखि १७ गतेसम्म राजधानीका यी स्थानमा विद्युत् अवरुद्ध हुने

विहीबार, १५ फागुन २०८१, १० : २७

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले आगामी १५ माघदेखि १७ माघसम्म भक्तपुर-चपली १३२ के.भी. प्रसारण लाइनमा आवश्यक मर्मत र नवीकरण कार्यका लागि सटडाउन गर्ने सूचना सार्वजनिक गरेको छ।

यस समयमा, बानेश्वर, महाराजगञ्ज, रत्नपार्क, जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रका फिडरहरूबाट विद्युत आपूर्ति हुने स्थानहरूमा विद्युत सेवा प्रभावित हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार, सटडाउनको अवधि १५ माघ बिहीबार बिहान ६:०० बजेदेखि १७ माघ शनिबार बेलुकासम्म हुनेछ। यस क्रममा चपली, लैनचौर, चावहिल, बालाजु, पुरानो चावहिल र महाराजगञ्ज ११ के.भी. स्विचिङ सबस्टेसनहरू समेत प्रभावित हुनेछन्।

प्राधिकरणले भनेको छ कि, वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित गर्ने प्रयास गरिनेछ र यदि निर्धारित समयअघि काम सम्पन्न भएमा प्रभावित लाइनलाई सुचारु गरिने प्रतिबद्धता जनाएको छ। यस सन्दर्भमा, ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमाप्रार्थी रहेको छ।

 
विहीबार, १५ फागुन २०८१, १० : २७

प्रतिक्रिया