काठमाडौं नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक अपरान्ह २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए।
उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको सचिव अधिकारीले जानकारी दिए । । सरकारले ल्याएको अध्यादेश संसदमा निर्णयार्थ प्रस्तुत गर्ने समय नजिकाएकाले यही विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन्।
आफैंले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको एमाले नेताहरु बताउँछन् ।
प्रतिक्रिया