केपी ओलीविरुद्ध यसरी खनिए मिनेन्द्र

६ बर्ष अगाडि
 
बुटवल –नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले वाम सरकारको गतिविधि लोकतन्त्र विरोधी रहेको दाबी गरेका छन् । 
मंगलबार रिपोटर्स क्वलब ५ नम्बर प्रदेशले बुटबलमा आयोजना गरेको पत्रकार सम्मेलनमा रिजालले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताप्रति कर्तब्य निर्वाह गर्न  सुझाव दिए ।  
‘हरेक तानाशाहको जन्म म नै ठिक अरु सबै बेठिक भनेपछि शुरु हुन्छ,ओलीले आफ्नो मात्रै प्रशंशा गर्दै हिडेका छन्’, उनले भने, ‘अन्तिम सत्य मैलेमात्रै देखेको छु भन्ने अहंकार उनमा छ । अहिले त सम्यम हुने बेला हो  । सरकारले अहंकार गर्ने होइन जनताका प्रति कर्तब्य निर्बाह गर्नुस् ।’
सरकारले पेल्ने, थिचोमिचो गर्ने गरेको आरोप लगाउँदै रिजालले कम्युनिष्ट सत्तालाई लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसको भूमिका रहने समेत बताए । 
उनले कांग्रेस विवादमा रुमल्लिन नहुने भन्दै एकजुट भएर अघि बढ्नुपर्नेमा समेत जोड दिए । 
 
कांग्रेसमा पदाधिकारी नियुक्तिबारे देखिएको विवाद सहमतिबाट टुंगो लगाइनुपर्नेमा  पनि उनले जाड दिए । 
‘एकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्छ’ उनले भने ।
अर्को प्रसंगमा उनले नेपालको भारत र चीनसंग राम्रो सम्बन्ध  हुनुपर्ने भन्दै  उनीहरुसंग वाम सरकारले सम्बन्ध बिगारे नेपालले मात्रै दुख पाउने धारणा राखे । 
‘दुनियामा सबैले चिनेका देशका बीचमा हामी छौं, सम्बन्ध राम्रो नभए दुख यीनीले पाउँदैनन्, हामीले पाउछौं ।’
६ बर्ष अगाडि

प्रतिक्रिया