वामदेव भन्छन्- राजा आए बरु जेल जान्छु तर विदेश जान्न

शुक्रबार, २३ फागुन २०८१, १९ : ३४

काठमाडौं- पछिल्लो समय नेपालमा राजवादीहरुको सक्रियता बढ्न थालेपछि गणतन्त्रवादी नेताहरुको अनेकौं टिप्पणी सार्वजनिक हुन थालेको छ । गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आग्रह गरेपछि राजावादीहरु उत्साहित हुँदै सडक प्रदर्शन गरिरहेका छन् ।

यसैक्रममा पुराना वामपंथी नेता वामदेव गौतमले पनि राजावादीहरुको सक्रियता बढ्न थालेपछि अनौठो टिप्पणी गरेका छन् । उनले राजसंस्था पुनस्र्थापित भए आफू जेल जानुपर्ने अवस्था आउने बताएका छन् । राष्ट्रियसभाका सांसद समेत रहेका गौतमले राजा आए आफू जेल जान तयार रहेको बताउँदै भागेर विदेश भने नजाने बताए ।

उनले शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग भने, ‘राजा आए म जेल जाउँला, जेल नगएर मर्न नै परे म ७६ वर्षिय मान्छे मरौंला बरु जेलै जान्छु तर लुक्न कतै विदेश जाँदैन। ’

नेता गौतम पछिल्लो समय अनेकौं अभिव्यक्तिले चर्चामा आइरहने पात्रमा पर्छन् । तत्कालीन नेकपा विभाजित भएपछि कतै नलागेका उनी अहिले पार्टीविहीन अवस्थामा पुगेका छन् ।

शुक्रबार, २३ फागुन २०८१, १९ : ३४

प्रतिक्रिया