काठमाडौ- नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । फागुन महिनाभरका लागि अभियानका कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको माओवादी स्रोतले जनाएको छ ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गरिएको माओवादी स्रोतले बतायो । यही फागुन १२ गते झापाबाट सुरु गरिएको अभियानको शनिबार रौतहटमा कार्यक्रम भएको थियो ।
प्रचण्ड सहित अधिकांश पदाधिकारीहरु यस अभियानमा सक्रियरुपले सहभागी भएका थिए । अभियान अवधिभर नेताहरु जनताकै घरदैलोमा पुगेर उनीहरुसँगै बास बसेका थिए । अभियानभर होटेलमा नबसेर जनतासँगै बस्ने माओवादीको घोषित नीति अनुसार अध्यक्ष प्रचण्डसहित नेताहरु जनताकै घरमै पुगेर खाना खाने र त्यही बास बस्ने गर्दै आएका थिए ।
प्रतिक्रिया