काठमाडौं- नेकपा(माओवादी केन्द्र)ले पूर्वराजाको सक्रियताको मुख्य कारण कांग्रेस एमाले गठबन्धनको सरकार भएको निष्कर्ष निकालेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले दुईदलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।
प्रतिगामीहरू सक्रिय भएपनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए । उहाले अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको सापकोटाले सुनाए । उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको जिकिर गरे ।
संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरूले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको उनको जिकिर छ ।
प्रतिक्रिया