प्रधानमन्त्रीलाई राजा महाराजाको जस्तै सवारी चलाउने सनक चढ्यो : प्रचण्ड

मंगलबार, २७ फागुन २०८१, १४ : ५७

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलेका राजा महाराजा जस्तै पूरै सडक खाली गराएर सवारी चलाउने सनक चढेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै  प्रचण्डले लोकतन्त्रमा ओलीको जस्तो राजसी ठाँट स्वीकार्य हुन्छ कि हुँदैन भन्दै प्रश्न समेत गरेका छन् ।

उनले सत्तारुढ पार्टीका कार्यकर्ताले वर्दिधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा भन्दै हेक्का राख्न आग्रह गरे । उनले सबै जनताको सघन निगरानीमा रहेको भन्दै पछिल्ला आठ महिनामा लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिएको बताए ।

मंगलबार, २७ फागुन २०८१, १४ : ५७

प्रतिक्रिया