काठमाडौं- गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतार्थ जनलहर देखिएपछि गणतन्त्रका पक्षधरहरुले पनि शक्ति प्रदर्शन गर्न लागेका छन् । मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले आगामी चैत १५ गते गणतान्त्रिक व्यवस्थाका पक्षधरहरुको प्रदर्शन गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्र, विप्लव नेकपा, नेसपा र एकीकृत समाजवादी सम्मिलित समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने भएपछि राजसंस्था पुनस्र्थापनाका पक्षधर र गणतन्त्रवादी आमने सामनेको स्थितिमा पुगेका हुन् ।
पछिल्लो समय देशमा व्याप्त बेथितिले जनता आक्रान्त छन् । गणतन्त्र प्राप्तिको लामो समयपछि पनि देशमा सुशासनको प्रत्याभूति नहुँदा वर्तमान दल र नेताहरुप्रति जनताको विश्वास टुटेको छ ।
यसैबीच पूर्वराजाले आफूलाई साथ दिन सार्वजनिक रुपमै आह्वान गरेपछि राजावादी निकै हौसिएका छन् भने गणतन्त्रका पक्षधरहरुले चुनौतीका रुपमा लिएका छन् ।
पूर्वराजाको अभिव्यक्ति र सक्रियतापछि गणतन्त्रवादीहरुले त्यसलाई प्रतिवाद गर्न सडकमै ओर्लने निर्णय गरेपछि अब दुबै पक्षको शक्ति प्रदर्शन हुने निश्चित भएको छ ।
प्रतिक्रिया