आठ वर्षअघि ७ किलो सुनसहित पक्राउ परेका लामा फेरि २५ करोड रकमसहित समातिए

मंगलबार, ०५ चैत्र २०८१, १३ : ५३

काठमाडौं- प्रहरीले रु २५ करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का कुसाङ लामा रहेको प्रहरी स्रोतले जनाएको छ । उनी आठ वर्षअघि ७ किलो सुनसहित पक्राउ परेर पाँच वर्ष जेल बसेका थिए ।

ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको हो ।
 

मंगलबार, ०५ चैत्र २०८१, १३ : ५३

प्रतिक्रिया