काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर लोडसेडिङको पक्षमा आफूलाई उभ्याएका छन् ।
यसअघि लोडसेडिङ अन्त्यको श्रेय घिसिङलाई दिन नमिल्ने भन्दै संसदमा कुर्लिएका मन्त्री खड्का अहिले आफैं फेरि मुलुकमा लोडसेडिङ हुनेअफबाह फैलाइरहेका छन् । उनको यो अभिव्यक्ति कुलमानसँग प्रतिशोध साँध्न व्यक्त गरिएको बताइन्छ ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका हुन् । उनले हाल विद्युतको मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने बताएका थिए ।
विद्युत प्राधिकरणको विभागीय मन्त्री रहेका उर्जा मन्त्री खड्काको लोडसेडिङ मुक्त गराउने दायित्व हो । तर, उनी आफ्नै दायित्वबाट विमुख भएर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई असफल बनाउन लोडसेडिङ गराउने तयारीमा छन् ।
मुलुकले १२ घण्टासम्म लोडसेडिङ खेपेर जनताहरु अध्यारोमा बस्न बाध्य थिए । घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि लोडसेडिङ मुक्त देश बनाएर प्राधिकरण समेत नाफामा लगेका छन् ।
उनै लोडसेडिङबाट आक्रान्त भएका जनताहरुलाई उज्यालोको अनुभूति दिलाएका घिसिङलाई पदबाट हटाउन मन्त्री खड्काले भगीरथ प्रयत्न गरिरहेका छन् । उनको घिसिङलाई पदबाट हटाउने प्रयासस्वरुप तीन पटक स्पष्टीकरण सोधिसकेका छन् ।
परिणाममुखी काम गरेर विद्युत प्राधिकरणलाई चौतर्फी नाफामा पुर्याएका कुलमानलाई प्रतिशो साँधेर हटाउन अघि सरेका मन्त्री खड्काको विषयमा सत्तारुढ दल मौन छन् । उनी आबद्ध दल नेपाली कांग्रेसले पनि यसबारेमा कुनै निर्णय लिन सकेको छैन ।
प्राधिकरणका एक कर्मचारीका रुपमा रहेका कुलमानुसँग प्रतिशोध साँध्न सिंगो मुलुकलाई नै फेरि अन्धकारमा धकेल्ने प्रयास गरेका मन्त्री खड्का पछिल्लो समय निकै विवादित बनेका छन् ।
तर, कुलमान भने विदेशबाट विद्युत आयात गरेरै भए पनि जनताको घरमा लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाएका छन् । उनले जनतालाई फेरि लोडसेडिङको मारमा पर्न नदिने बताएका छन् ।
प्रतिक्रिया