काठमाडौं - काठमाडौं महानगरपालिका, महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त तत्त्वाधनमा आज महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सवारी साधनको प्रदूषण परीक्षण गरिएको छ ।
त्यस्तै, आज ६० वटा सवारी साधनको प्रदूषण परीक्षण जाँच गर्दा १९ वटा सवारी साधन फेल भेटिएका हुन्, भने ४१ वटा सवारी साधन ठिक हालतमा रहेको काठमाडौं महानगर प्रहरीले जनाएको छ ।
प्रहरीले फेल भएका १७ वटा सवारी साधनलाई रु.५००\-का दरले जरिवाना गरिएको छ भने २ वटा सवारी साधनको कागजपत्र नभएकोले ट्राफिक प्रहरीको कार्यालयमा लगिएको छ ।
प्रतिक्रिया