कुलमान बर्खास्तीको निर्णयप्रति जनार्दनको टिप्पणी- राम्रो काम गर्नेलाई लखेट्ने सोच सधैं पराजित हुन्छ

मंगलबार, १२ चैत्र २०८१, ११ : ३८

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्यायप्रति असन्तुष्टि व्यक्त गरृेका छन् ।

उनले ‘राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजीत नै हुने’ दाबी गरेका छन् ।

पूर्व उर्जामन्त्री समेत रहेका शर्माले फेसबुकमा लेखेका छन्,‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भुमिकाको प्रशंसा गर्दै भन्न चाहान्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजीत नै हुन्छन।’

मंगलबार, १२ चैत्र २०८१, ११ : ३८

प्रतिक्रिया