आज राजावादी र गणतन्त्रवादी आमनेसामने, सुरक्षा व्यवस्था कडा

शुक्रबार, १५ चैत्र २०८१, ०७ : ३०

काठमाडौं- आज(शुक्रबार)राजावादी र गणतन्त्रवादीहरुले राजधानी केन्द्रित जनप्रदर्शन गर्न लागेका छन् । आजै राजावादी दल एवं समर्थक विभिन्न संघ संगठनहरुले पनि राजसंस्था पुनस्र्थापनाको माग गर्दै शक्ति प्रदर्शन गर्न लागेका छन् ।

प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा राजावादीहरुले प्रदर्शन गर्न लागेका हुन् । एकै दिन दुबै पक्षले प्रदर्शनको तयारी गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । राजधानीका विभिन्न स्थानमा करिब ३५ सय प्रहरी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आफूलाई साथ दिन सार्वजनिकरुपमा आह्वान गरेपछि राजावादीहरु निकै उत्साहित हुँदै सक्रियता बढाएका छन् ।  त्यसयता फागुन २५ गते पूर्वराजा पोखराबाट काठमाडौं फर्किन लाग्दा उनको स्वागतमा जनताको उल्लेख्य उपस्थिति देखिएपछि राजावादीहरुले आन्दोलनलाई निरन्तरता दिने संयुक्त प्रयास गरेका छन् ।

पुराना पञ्च नवराज सुवेदीले राजसंस्था पुनस्र्थापना गर्ने समग्र आन्दोलनको नेतृत्व गरेका छन् भने त्यसको कमाण्डरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं चयन भएका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेकपा र नेपाल समाजवादी पार्टी(नेसपा) सम्मिलित समाजवादी मोर्चाले पनि व्यवस्था नै उल्टाउने राजावादीको आन्दोलनलाई प्रतिवाद गर्दै शक्ति प्रदर्शन गर्न लागेको छ ।

शुक्रबार, १५ चैत्र २०८१, ०७ : ३०

प्रतिक्रिया